सुन तोलामा चार सय घट्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ कायम भएको छ । छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ थियो।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला चार सयले घटेर प्रतितोला एक लाख २४ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो । हिजो बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया