युनाईटेड किन्न दुई कम्पनिको बोलपत्र पेश
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न कतारको सबैभन्दा ठूलो बैंक मध्ये एकका अध्यक्ष शेख जसिम बिन हमाद अल थानीले बोलपत्र पेश गरेका छन् ।
कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन टु फाउन्डेसनले युनाईटेड खरिद गर्न अन्तिम बोलपत्र दिएको बीबीसीले जनाएको छ ।
यस्तै बेलायती कम्पनी इनेओसले समेत युनाईटेड किन्न बोलपत्र पेश गरेको बीबीसीले जनाएको छ ।
सर जिम र्याक्लिफको स्वामित्वमा रहेको इनेओसले युनाईटेड किन्न बोलपत्र पेश गरेको हो ।
अर्बपति र्याक्लिफले युनाइटेड किन्न आफ्नो रुचि पहिले नै बताइसकेका थिए।
युनाईटेड ग्लेजर परिवारको स्वामित्वमा रहेको छ । ग्लेजर परिवारले २००५ मा युनाइटेड किनेको थियो ।
धेरै ऋण भएपछि अहिले ग्लेजर परिवार युनाईटेड बेच्न खोजिरहेको छ ।
युनाईटेडको ऋण झन्डै १ विलियन पाउण्ड पुगेको छ । एक तथ्यांक अनुसार युनाईटेडको ऋण ९६९.६ मिलियन रहेको छ । एजेन्सी