मौद्रिक नीतिबारे सल्लाहकार समिति गठन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन पाँच सदस्यीय विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ।  चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझाव दिन बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने जनाएको थियो।

सोही अनुसार समिति गठन गरिएको हो। उक्त समितिमा राष्ट्र बैंकका तीन जना र बाहिरका दुई जना विज्ञ सल्लाहकार रहेको बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए। समितिमा अर्थविद्‌ माणिकलाल श्रेष्ठ र केन्द्रीय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी (नेपाल सरकारका सचिव) तोयम राय रहेका छन्‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर