उदयपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

जिप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर