सुन तोलामा आठ सय रुपैयाँ महँगियो

काठमाडौं । नेपाली धातु बजारमा आज सुनचाँदी दुवैको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ थियो । चाँदीको पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको वृद्धिसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर