आज सहकारीपीडितहरूको राजधानीमा प्रदर्शन

काठमाडौं । सहकारीपीडितहरुले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दैछन् । उनीहरुले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर भृकृटी मण्डपमा एकीकृत सभा गर्ने जानकारी दिएका छन् । प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट बिहान ११ बजेदेखि पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुनेछन् ।
सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको छ । सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले गरेको छ । सहकारीपीडितहरूको माग सम्बोधन नभएमा सहकारी विभाग नयाँ बानेश्वरमा धर्ना दिने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर