आईसीसी प्रमुख ग्रेग बार्क नेपाल आउँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रमुख ग्रेग बार्कले अर्को हप्ता नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको छ । नेपाल क्रिकेट सङघ क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा आईसीसीका अध्यक्ष आउँदो आइतबारदेखि ४ दिन नेपाल भ्रमणका लागि आउने उल्लेख गरिएको छ ।

बार्कलेले नेपाल भ्रमणको क्रममा त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । यस्तै, उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री लगायतलाई भेटघाट गर्ने तालिका रहेको क्यानले जनाएको छ । नेपालले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकप सह–आयोजना गर्ने दाबी गर्दै आएको छ । क्यानले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर