प्रधानमन्त्रीलाई हामी मिलेर देखाउँछौ भनेर धम्काउने काम नगर्न प्रचण्डकाे चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन आफ्नो प्रस्तावमाथि संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा दुई ठूला दल मिल्न सक्ने भए मिल्न सल्लाह दिएका छन्र ।

दाहालले दुई ठूला दल मिल्न सक्ने भए मिल्न र सबै दल मिलेर माओवादीलाई प्रतिपक्षमा पठाउन सक्ने भए त्यो समयको पनि उपयोग गर्न माआवादी पक्षि नहट्ने बताए ।

पुरानो गठबन्धन दिन काट्ने र काल कुर्ने अवस्था रहेपछि पुरानो गठबन्धन छाडेर नयाँ गठबन्धन तय भएको हो । उनले भने, जनताको आशा अपक्षेलाई कसरी सम्बोधन गर्न सकियला भनेर लिएको फैसाला हो । शुसानलाई सम्बोधन गर्ने अपेक्षा र संबिधानकाे रक्षाको पाटोलाई नियाल्दै गठबन्धनको स्वरुप परिवर्तन गर्न आफू र पार्टीले नयाँ गठबन्धन बनेको उनले बताए ।

आर्थिक चलखेल आफूबाट नभएको स्पष्ट पार्दै उनले आर्थिक चलखेल नभएको र प्रधानमन्त्रीलाई हामी मिलेर देखाउँछौ भनेर धम्काउने काम नर्गन समेत उनले आग्रह गरे । प्रचण्ड धोकवाज भन्नेहरु नै गलत भएको बताउँदै प्रतिपक्षमा बसेको नेपाली काँग्रेसलाइ धन्यवाद दिँदै सहकार्यमा रहेकाहरुलाई समेत उनले धन्यवाद दिए ।

आफू र आफ्नो दलमाथि जोखिम रहेको बताउँदै ४८ घन्टामै सत्ता फाल्ने तयारी लागेको र आउने अवरोधहरुको सामान गर्न समेत आफू तयार रहेको उनले बताए । उनले भने, आउने कठिन परिस्थितिको समेत हामी जानकार छौ र त्यसको सामनाको लागि पनि तयार छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर