टी-२० सिरिजको उपाधि पीएनजीलाई : नेपाल पराजित

काठमाडौं ।  हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको छ । उपाधि जित्नका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदा ८५ रन मात्र बनाउन सक्यो ।

नेपालका सन्दीप जोराले १७, आरिफ सेखले १५ र कप्तान रोहीत पौडेलले १२ रन बनाए । विनोद भण्डारी ४ रनमा आउट हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पपुवा न्युगिनीका टोनी यूराले ६१ रन बनाए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३-३ विकेट लिए । करण केसी र गुलशन झाले एक-एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर