कांग्रेसलाई ओलीको प्रश्न : पोहोर समर्थन गर्न हुने अहिले किन नहुने ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पोहोर समर्थन गर्न हुने अहिले किन नहुने भनेर प्रतिनिधि सभाबाट कांग्रेसलाई प्रश्न गरेका छन् ।

एमाले अध्यक्ष ओलीले अघिल्लो पटक आफूले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमन्त्री बनाउँदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिए पनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले पोहोर विश्वासको मत दिने कांग्रेस अहिले किन बटारिएको भनेर प्रश्न गरेका हुन् ।

‘पोहोर समर्थन गर्न हुने अहिले किन नगर्ने ? मान्छे उही, पोहोर पनि कांग्रेस सरकारमा थिएन । भित्रभित्र के थियो थाहा थिएन’, ओलीले भने, ‘ अहिले के भो त्यस्तो फेरि ठ्याक्कै टर्न आउट ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर