बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं ।  स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब नापोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो। घरेलु टोली बार्सिलोनाको जितमा फेर्मिन लोपेज, जोआओ क्यान्सेलो र रोबेर्ट लेवानडोस्कीले ११ गोल गरे। यता, नापोलीका लागि अमिर रहामानीले गरेको एक गोल सान्त्वना बन्यो। बार्सिलोना र नापोली पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए।

पहिलो हाफमा २-१ को अग्रता बनाएको र्बासिलोनाले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो। जितसँगैबार्सिलोना ४ वर्ष पछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सन् २०२० मा बायर्न म्युनिखसँग ८-२ ले र २०२१ मा पिएसजीसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको बार्सिलोना २०२२ र २०२३ मा समूह चरणबाट युरोपा लिगमा घटुवा भएको थियो। यता आर्सनल, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर