मौसम : मुख्यतया सफा रहने छ
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया