प्रधानमन्त्री प्रचण्डले आज सदनको विश्वास ग्रहण गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा आफूमाथि सदनको विश्वास कायम छ भनी मत लिने भएका छन्। प्रधानमन्त्री नियुक्त भएको १४ महिनाको अवधिमा प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० मा एमालेको समर्थनमा आफ्नो राजनीतिक जीवनकालमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुष २६ गते विश्वासको मत लिएका थिए । दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिएका थिए।
कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धनसहितको सरकारका गठन गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र आइतबार प्राप्त भएको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ । त्यो पनि प्रतिनिधिसभाको तत्काल बैठकमा उपस्थित सदस्य संख्याको बहुमत हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर