नेप्सेमा मंगलबार उच्च अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२० वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ३७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।