राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रियसभाको आज मंगलबार बसेको बैठकमा विभाजनको प्रक्रियाद्वारा भएको मतदानमा दाहालले ३९ मत हासिल गरी बहुमतबाट अध्यक्षमा निर्वाचित भएको बैठकको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले घोषणा गरिन् । दाहालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सांसद युवराज शर्माले १७ मत प्राप्त गरेका छन् ।
सांसद दाहाल माओवादी, एमाले, रास्वपा, नेकपा एस र जसपा समर्थित उम्मेदवार हुन् । राष्ट्रियसभाको आजको बैठकमा ५६ जना सदस्य उपस्थित थिए । जनमोर्चाका सांसदले कसैको पक्षमा मतदान गरेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर