इस्लाम धर्मावलम्बीहरूको रमजान मुबारक आजदेखि सुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदयअघि बिहान नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

उर्दू पात्रो हिजरी संवत् रमजान नवौँ महिना पर्ने गर्दछ । रमजानको अवधिमा कुरान ग्रन्थ अवतरण विश्वासका साथ मनाइने यस पर्वमा अल्लाहको असीम कृपा प्राप्त हुने मानिन्छ । रमजानको अवधिमा दानदात्तव्य, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात (चन्दा) दिनु ठूलो पुण्य मानिन्छ । रमजान राजाको क्रममा साँझपख व्रतालुहरूले चन्द्र दर्शन गर्ने परम्परा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर