मिटरब्याज पीडितको ४२ दिनको आन्दोलन स्थगित

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै मिटरब्याज पीडितको ४२ दिनको आन्दोलन स्थगित भएको छ ।

गृह मन्त्रालयमा सोमबार भएको वार्तामा सहमति भएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर पीडित पक्षको समस्याको यथार्थ विवरण सुनेका थिए । सहमतिपत्रमा गृह मन्त्रालयको तर्फबाट वार्ता समितिका संयोजक सहसचिव रुद्रप्रसाद पण्डित र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका तर्फबाट ९ जना आन्दोलनकारीले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर