नाउपामा पतिपत्नीको विवाद चुलिँदा बैठक अनिश्चित

काठमाडौं । सुदूर पश्चिम सरकार गठनलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा उत्पन्न भएको विवाद किनारा लाग्ने छाँटकाँट देखिएको छन । प्रदेशका मुख्यमन्त्री कमलबहादुर थापाले अल्पमतको सरकार जोगाउन नागरिक उन्मुक्ति पार्टीका तीनजना सांसदलाई मन्त्री बनाएर शुक्रबार मध्य राति नै पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

सुदूर पश्चिम सरकारमा अचानक मन्त्री थपिएको विषयमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षकसमेत रहेका पूर्वसांसद रेशम चौधरीबीच विवाद भएको हो । श्रेष्ठ विना सल्लाह पति चौधरीले हस्तक्षेप गरेकोमा असन्तुष्ट छन भने पति चौधरी अहिलेलाई ठीकै छ भन्ने पक्षमा देखिएका छन् । अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर रेशमको आड पाएका सुदूरपश्चिमका सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन्।

समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई यथास्थितिमा रहन अर्को निर्देशन जारी गरेपछि पतिपत्नीबिच विवाद झनै चर्केको छ । श्रीमान् श्रीमतीको विवादकाबिच कैलालीको टीकापुरमा आज सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठकमेत अनिश्चित भएको छ ।

पार्टीका अध्यक्ष र संरक्षकद्वय कैलाली नपुगेको कारण बैठक अनिश्चित बनेको हो । अध्यक्ष श्रेष्ठ अस्वस्थ भएपछि बैठकमा सहभागी हुन नसकेको बताइएको छ । नाउपाको संस्थापक केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहेको छ । टीकापुरमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै श्रेष्ठलाई अध्यक्षमा पुनःस्थापित गरेको थियो। रेशम चौधरी ०७२ सालको भदौमा ८ जनाको ज्यान जानेगरी भएको नरसंहारकारी घटनाका मुख्य दोषी ठहर व्यक्ति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर