ओलीमाथि भएको आक्रमणको जवाफ देऊ : एमाले

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई गम्भीररूपमा लिन सरकारको ध्यानाकर्षण गराएको छ। कोशी प्रदेशको यात्रामा रहेका अध्यक्ष ओलीमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताउँदै एमालेले देशमा शान्ति सुरक्षा कायम गर्न आग्रह गरेको छ।

एमाले उपमहासचिव विष्णु रिमालले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा रिमाले अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने बताए । उनले सत्तारुढ दलले नै आतंक सिर्जना गर्न खोजेको भन्दै यसबारे जवाफ दिन माग गरे ।
ु“झापामा भएको घटनामा सत्ताधारी दलकै संलग्ता देखियो। घटना त्यहीँमात्र सीमित भएन। इलाममा पनि अवरोध हुने काम भयो। बाटोमा ढुंगा राखेर रोक्ने काम भयो। धराप थापेर आतंक थाप्ने काम भयो”, रिमालको भनाइ थियो :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर