राष्ट्रियसभा अध्यक्ष पदको आज उम्मेदवारी दर्ता, दाहाल र शर्माबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यस लगत्तै उम्मेदवारको नामावली प्रकाशन गरिने छ। राष्ट्रियसभा अध्यक्ष चयनका लागि मंगलबार चुनाव हने कार्य तालिका रहेको छ ।

यसैबिच माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । सांसदहरू झक्कु सुवेदी, रेणु चन्द र अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालको नाम चर्चामा आए पनि राष्ट्रपतिको मनोनीत कोटाबाट राष्ट्रियसभामा प्रवेश गरेका दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमाआइतबार साँझ बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले आफ्ना भाइसहित सुवेदी र अर्यालको नामबारे नेताहरूको धारणा माग गरेका थिए । प्रधानमन्त्री दाहालले छलफलका लागि नाम अगाडि सारेपछि पदाधिकारीहरूले ६ वर्षे कार्यकाल भएका सुवेदी वा रेणु चन्दमध्येबाट एकलाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने छलफल भएपनि अध्यक्ष दाहालको प्रभाव प्रयोग भई नारायण दाहालललाइृ अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको माओवादीका एक नेताले बताए ।

यसैगरी नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ। सो प्रयोजनका लागि सांसद युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको संसदीय दल कार्यसमिति बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। ७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन्। उनी २०७८ माघमा भएको राष्ट्रियसभा चुनावबाट सदस्यमा निर्वाचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर