न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न १० सदस्यीय संयन्त्र गठन

काठमाडौं । नयाँ सत्ता गठबन्धनले आगामी न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न १० सदस्यीय संयन्त्र गठन गरेका छन् । गठबन्धनमा सामेल प्रत्येक दलबाट दुईजना प्रतिनिधि रहने समझदारी पनि बनाएका छन् ।
उक्त संयन्त्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनीष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल छन् ।

सबै दलबाट आएको सुझावलाई समेटेर कार्यक्रमको मस्यौदा तयार गर्ने जिम्मेवारी नेता रिमाललाई दिइएको छ । संयन्त्रले विगत को न्यूनतम कार्यक्रम र अब तयार गर्ने नवीनतम कार्यक्रमलाई समन्वय परिमार्जन गर्ने भएको छ । संयन्त्रको अर्को बैठक पर्सि मंगलबार पुनः बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर