उपेन्द्र यादव र नवलकिसोर साहद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा मन्त्री र नवलकिसोर साह सुडीले आज आइतबार मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपतिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा यादवलाई उपप्रधान तथा मन्त्री र सुडीलाई मन्त्री पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीले कार्य विभाजन गरेअनुसार यादवलाई स्वास्थय र सुडीलाई बन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर