नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा प्रारम्भ

 

मध्यपुर थिमि । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल नगरस्तरीय अस्पताल भएता पनि यसले प्रदेशस्तरीय अस्पतालको रुपमा सेवा सुविधा प्रदान गर्दै आइरहेको बताएका छन् । अस्पतालको १५ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा सांसद थापाले अस्पतालको स्तरोन्नति गर्ने कार्यमा सदैव आप्mनो सहयोग रहने बताउँदै थापाले जिल्लाभित्रका सबै राजनीतिक दलहरु एकजुट भई हातेमालो गर्दै जाने हो भने यो अस्पताललाई राष्ट्रियस्तरको अस्पताल बनाउन सकिने धारणा व्यक्त गरे ।

बागमती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले अस्पतालले बिरामी जाँच्ने कार्य मात्र नभई नगरवासीलाई रोग नै लाग्न नदिने किसिमको कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अस्पताललाई यहाँसम्म ल्याउन अस्पताल तथा नगरपालिकाका पूर्वजनप्रतिनिधि एवं पदाधिकारीहरुप्रति धन्यवाद दिँदै नगरपालिकामा आप्mनो पदस्थापना भएदेखि नै नगरभित्रको शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष ध्यान दिई कार्य गर्दै आएको बताए ।
सोही कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्वनगर प्रमुख मदनकृष्ण श्रेष्ठले अस्पतालको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मको बारेमा जानकारी दिँदै अस्पतालले नगरवासीहरुको स्वास्थ्य सेवा क्षेत्रमा अझै धेरै कार्य गर्न बाँकी रहेको बताए । मथिनपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पतालमा विगतको तुलना धेरै परिवर्तन आइरहेको बताए । पूर्वनगर प्रमुख मदनसुन्दर श्रेष्ठले जनतालाई सेवा सुविधा दिनु सकारात्मक भए पनि त्यसलाई गुणस्तरीयका साथ निरन्तर सेवा दिनसक्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख विजयराज सुवेदीले अस्पतालले नगरवासीलगायत आसपासका जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

अस्पतालका निर्देशक डा. डिके रौशनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट चालु आव २०७९÷८० को ९ महिनासम्म १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएको जानकारी दिए ।
अस्पतालका डाक्टर जमुना पौडेल, अस्पताल सञ्चालक समितिका सदस्य हरिदास प्रजापतिले अस्पतालले प्रदान गर्दै आएको सेवाका सम्बन्धमा प्रकाश पारेका थिए । अस्पतालले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरे । त्यस्तै सांसद थापा, नगरप्रमुख, उपप्रमुखलगायतका पदाधिकारीहरुले अस्पतालका बिरामीहरुलाई फलफूल पनि वितरण गरेका थिए ।

सिटि स्क्यान मेसिन सञ्चालन

अस्पतालले बिरामीहरुलाई सेवा दिने उद्देश्यले सिटि स्क्यान मेसिन सञ्चालमा ल्याएको छ । उक्त मेसिनको सेवा कार्यको सांसद थापाले उद्घाटन गरेका थिए । करिब ५ करोडको लागतमा मध्यपुर थिमि नगरपालिकाले आप्mनै आन्तरिक रकमबाट खरिद गरेको हो । उक्त मेसिन सञ्चालनका लागि आवश्यक तयारी गरी केही हप्तादेखि नै पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर