सुन तोलाको १ लाख २६ हजार पुग्यो

काठमाडौं । सुनको भाउ आज आएतबार तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो मूल्यवृद्धिसँगै नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको हो । यसअघि बिहीबार र शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि स्वतः बढेको महासङ्घले जनाएको छ। यस्तै, आज चाँदीमा पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर