राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दर्ता फागुन २८ गते

काठमाडौं । केन्द्रीय सत्ता गठबन्धनमा व्यापक फेरबदल ल्याउने गरी उत्पन्न राजनीतिक परिस्थितिको राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दर्ता फागुन २८ गते सोमबार हुने भएको छ । मतदान भने फागुन २९ गते मङ्गलबार हुनेछ । दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको छ । राष्ट्रियसभाको कार्य व्यवस्था समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको जानकारी दिए । उनले भने, “सम्भावित कार्यतालिकालाई प्रभावित नगरी कामकारबाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ ।”

यसअघि राष्ट्रियसभाले आफ्नो सम्भावित कार्यतालिका सार्वजनिक गर्दा फागुन २९ गते अध्यक्षको निर्वाचन हुने उल्लेख गरेको थियो । सहायक प्रवक्ता धमलाले भने, “फागुन २७ गते आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुनेछ ।”
फागुन २० गते राष्ट्रियसभाका २० जना सदस्यको ६ बर्षे पदावधि सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर