मौसम : देशका पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  छ। देशका पहाडी भूभागमा  आंशिक  बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम  मुख्यतया  सफा  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती तथा  गण्डकी  प्रदेशका पहाडी भूभागमा  आंशिक  बदली रहनेछ भने कोशी  र गण्डकी  प्रदेशका उच्च पहाडी  तथा  हिमाली  भूभागका  एकदुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती  तथा  गण्डकी  प्रदेशका पहाडी  भूभागमा  आंशिक  बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा  मौसम  मुख्यतया  सफा रहने छ। राति कोशी र गण्डकी  प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एकदुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर