राष्ट्रपति पौडलद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका छन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरे ।
पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन्। महाशिवरात्रिको अवसरमा शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ। दिउसो तीन बजेसम्म चार लाख बढी भक्तजनहरुले दर्शन गरेको पशुपति विकास कोषले जनाएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ।
प्रतिक्रिया