अहिले होमवर्कमा छौं, नो कम्प्रोमाइज : गृहमन्त्री रवि

काठमाडौं ।  नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरु केही समय होमवर्कमा रहने बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीका रूपमा फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति लामिछानेले शुक्रबार शिवरात्रि र नारी दिवसको शुभकामना दिँदै आफूहरु चेक लिस्टसहित आएको र कम्प्रोमाइज नहुने सामाजिक सञ्जालमार्फत बताएका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘”चेक लिस्ट” सहित आएका छौं “कम्प्रोमाइज” हुन्न। केही समय “होम वर्क” मा रहनेछौं। जय शम्भो।। जय नेपाली सेना ‘जय नारी।। शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर