एमाले सांसद कोइरी फरार अभियुक्त हुन् कि बिरामी ? संसदमा प्रश्नै प्रश्न !

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदको २१ वटा बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी २१ वटा बैठकमा अनुपस्थित रहेको जानकारी गराए । ‘२०७९-१०-२५ देखि २०८०-०१-१५ सम्म २१ औं पटकको बैठकमा अनुपस्थित भएको र अनुपस्थितको कारण स्वास्थ्य उपचारमा रहेको सदनलाई जानकारी दिए ।

तर प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको उक्त भनाइलाई चुनौती दिँदै विभिन्न सांसदहरूले कोइरी बिरामी नभएर फरार भएको आरोप लगाए । सभामुखले उनीलाई बिरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी दिएपछि एमालेबाहेकका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरे । यसअघि सांसदहरुको अनुपस्थित अनुमोदन गर्न सभामुखले सदनमा प्रस्तुत गरेपछि सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस सहितका दलहरुले स्वीकृति प्रदान गर्न नसकिने भनी प्रश्न उठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले पनि कोइरीको अनुपस्थितिबारे प्रश्न उठाएका छन् । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले कोइरीको अनुपस्थितिलाई अनुमोदन गर्न नसकिने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोइरी फरार रहेको र फेला पर्दा जेल जाने अवस्था रहेको र यो तथ्य भएको उल्लेख गरे ।
रास्वपाका रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरे । विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर