लिभरपुल फराकिलो अन्तरले विजयी

काठमाडौं ।  युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ । विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक-एक गोल गरेका थिए । स्पार्ता प्रागले उपहार गोलमार्फत अग्रता कम गरेको थियो ।

छैठौं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औँ मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए । उनैले पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा लिभरपुल ३–० ले अघि बढेको थियो । ४६ औँ मिनेटमा लिभरपुलका कोनोर ब्राड्लेले आत्मघाती गोल गरेपछि स्पार्ताले अन्तर ३–१ मा झारेको थियो । ५३ औँ मिनेटमा डियान र दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा स्जोबोसजलाईले गोल गरेपछि लिभरपुल अन्ततः ५–१ को जितका साथ पहिलो लेगमा विजयी भयो । दोस्रो लेग मार्च १५ तारिखमा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर