चिनियाँ सुन तस्करलाई नागरिकता दिलाउने अधिकृत अर्याल पक्राउ

काठमाडौं । चिनियाँ दुईजना नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा हाल बागमती प्रदेशसभा सचिवालयमा कार्यरत एकजना अधिकृतलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामचन्द्र अर्याल रहेका छ्न् ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला प्रशासन कार्यलय काभ्रेले नागरिकता प्रदान गरेको थियो । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएपछि उक्त घटना बाहिरिएको थियो ।

तत्कालिन जिल्ला प्रशासन कार्यलयमा नासु पदमा रहेका अर्यालले छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र सोही आधारमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए । पक्राउ गरिएका अर्याललाई काभ्रे प्रहरीको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर