चलचित्र ‘अन्तिम संस्कार’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति समेत सार्वजनिक

काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति समेत सार्वजनिक भएको छ ।

चलचित्रको प्रर्दशन मिति असार ८ गतेका लागि तय गरेको छ ।

फस्टलुकमा चलचित्रका मुख्य कलाकार विजय लामा, दिया पुन, रेश्मा घिमिरे र एवनराज उप्रेती लगायत देखिएका छन् ।

चलचित्रमा विजय , दिया , एवनराज रेश्माको अलवा त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको अभिनय रहेको छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रको कार्यकारी निर्माता भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ हुन् ।

‘मर्डर मिस्ट्रि’ कथामा आधारित भएर बनेको चलचित्रमा विनोद सुवेदी क्षितिज निर्माता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर