कांग्रेस संसदीय दलको निष्कर्ष : प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडेको ठहर गरेको छ । सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडेको र यो सरासर राजनीतिक बेइमानी भएकाले समर्थन फिर्ता लिने मुख्य सचेतक रमेश लेखकले बताए ।

मुख्य सचेतक लेखकले कांग्रेस संविधानको रक्षा र व्यवस्थालाई सुदृढ गर्न गठबन्धन गरेपनि प्रचण्डले विश्वास घात गरेको बताए । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो । गठबन्धन भत्काएर मुलुकलाई अनिश्चितता तर्फ लग्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर