राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो तीन जना मन्त्री थपेर विस्तार गरेको मन्त्रीमण्डलमा आज १६ जना मन्त्री थपेका गरेका हुन् ।

राष्ट्रपतिसमक्ष एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेलाई उपप्रधानमन्त्री पदको शपथ लिए भने बाँकी मन्त्रीले पद तथा गोपनीयको सपथ लिए ।
बढीमा २५ सदस्यीय मन्त्रीमण्डल बन्न सक्ने संवैधानिक व्यवस्थाअनुसार २० सदस्यीय मन्त्रीमण्डल गठन भइसकेको छ भने नयाँ सत्ता समीकरणको सहयात्री बनेको उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी दल भने सरकारमा सहभागी भएका छैनन् ।

मधेश प्रदेशमा मुख्यमन्त्री आफ्नो कायमै रहनुपर्ने प्रष्ट प्रतिबद्धता नआएसम्म समीकरणमा भएपनि मन्त्रीमण्डलमा सहभागी हुन नसकिने संकेत जसपाले दिएको छ ।

कुन दलबाट को–को बने मन्त्री ?

नेकपा एमालेबाट

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार ।

२. पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला ।

३. हरि उप्रेती, रक्षा ।

४. भगवती चौधरी, महिला तथा बालबालिका ।

५. राजेन्द्र राई, खानेपानी ।

६. दामोदर भण्डारी, उद्योग ।

७. ज्वालाकुमारी साह, कृषि ।

८. बलराम अधिकारी, भूमि व्यवस्था ।

माओवादी केन्द्रबाट

९. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र ।

१०. वर्षमान पुन, अर्थ ।

११. शक्ति बस्नेत, ऊर्जा ।

१२. रेखा शर्मा, सञ्चार ।

१३. हितबहादुर तामाङ, पर्यटन ।

रास्वपाबाट

१४. रवि लामिछाने, उपप्रधान तथा गृह ।

१५. डिपी अर्याल, श्रम ।

१६. विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद ।

१७. सुमना श्रेष्ठ, शिक्षा ।

एकीकृत समाजवादीबाट

१८. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन ।

१९. धनबहादुर बुढा, शहरी विकास ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर