बागमतीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाए

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले आज बुधबार सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौंडामा भेटेर आज साँझ कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

सामूहिक राजीनामा बुझाउँदै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले केन्द्रमा सत्तासमीकरण परिवर्तन भएको प्रदेश सरकारलाई बाटो खुला गर्न लोकतान्त्रिक मूल्य मान्यताअनुसार राजीनामा दिएको बताए ।
मन्त्रीको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरण फेरिएकाले नयाँ ढङ्गले जाने बताए ।

मन्त्री तामाङसँगै मन्त्री रामकृष्ण चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले राजीनामा दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर