पार्टी वा व्यक्ति फेरेर हुँदैन, व्यवस्थै फेरिनुपर्छ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आफ्नो पार्टीले सुरु गर्ने आन्दोलनका लागि राजनीतिक परिस्थिति झनै अनुकूल बन्दै दावी गरेका छने ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा उनले आफ्नो पार्टी वर्तमान सत्ता दौडमा नरहेकाले आन्दोलनका लागि अनुकूल परिस्थिति बन्दै गएको विश्लेषण गरेका हुन् ।

उनले भने, ‘हामीले आन्दोलनको सुरुवात गर्‍यौं, त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झनभन्दा झन हाम्रो लागि अनुकूल बन्दै आएको छ । आन्दोलनका लागि ठीक वातावरण बनेको छ । हामीले भनेका थियौँ कि, अहिले नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो मान्छे फेरेर मात्रामा फरक पर्ला ?, अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला । तर यो व्यवस्था नै त्यस्तो छ कि यो व्यवस्था रहेसम्म हामीले सुशासन, विकास र समृद्धिको कल्पना गर्न सक्दैनौँ । त्यसकारण अब समस्या व्यक्तिमा मात्र होइन, नेतृत्वमा मात्रै होइन, व्यवस्थामै भएको हुनाले व्यक्ति परिवर्तन गौण हो, व्यवस्था परिवर्तन मूल मुद्दा हो भनेका थियौँ । त्यो अहिले देखिएको छ । यो व्यवस्था रहेसम्म देशमा जे भइरहेको छ, त्यस्तो भइरहन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठीक रहेछ भन्ने जनतालाई लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर