२० सदस्यीय मन्त्रीमण्डल बन्दै, नेकपा एस पनि सरकारमा सामेल हुने

काठमाडौं । नयाँ सत्ता गठबन्धनले २० जना मन्त्री नाम टुंगो लगाएको छ। नव नियुक्त हुने मन्त्रीहरूले आजै शपथ ग्रहण गर्नका लागि तयारी थालेको छ। गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा ९एमाले०ले ८, सरकारको नेतृत्व गरिरहेको माओवादीले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४ र नेकपा एकीकृत समाजवादीले २ नेतालाई मन्त्री बनाउने भएको छ। समाजवादीबाहेक ३ दलले मन्त्री बन्नेको नाम समेत टुंगो लगाइसकेका छन्‌।
एमालेले पार्टी सचिव रघुवीर महासेठ नेतृत्वमा पार्टीका आठ नेतालाई मन्त्री बनाउँदैछ । यसअघि नै सपथ लिइसकेका पदम गिरीसहित दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई एमालेले मन्त्री बनाउन लागेको हो।
माओवादीले प्रधानमन्त्री एवम्‌ अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री, वर्षमान पुनलाई अर्थमन्त्री बनाउँदैछ। बाँकी दुई मन्त्री शक्तिबहादुर बस्नेत र रेखा शर्माले कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने टुंगो लागेको छैन। यसअघि सपथ लिइसकेका हितबहादुर तामाङको पनि मन्त्रालय टुंगो लागेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा सभापति रवि लामिछानेसहित ४ मन्त्रालयमा पठाउने मन्त्री टुंगो लगाएको छ। सो पार्टीले श्रममा डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । समाजवादीको सचिवालय बैठकले पनि दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ। तर, सो पार्टीले पाउने मन्त्रालय र मन्त्री टुंगो लगाइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर