गृहमा रवि, अर्थमा वर्षमान र नारायणकाजी परराष्ट्रमन्त्री बन्ने

काठमाडौं । नयाँ सत्ता गठबन्धनले सरकारमा सहभागी हुने दलका लागि मन्त्रालयको भागबन्डा करिब–करिब टुंग्याएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपालका नेताहरू सम्मिलित चार सदस्यीय कार्यदलले तयार पारेको खाका अनुसार एमालेलाई उपप्रधानमन्त्रीलगायत ८, माओवादीलाई ५, रास्वपालाई उपप्रधानमन्त्रीसहित ४ र जसपालाई (यदि उपेन्द्र यादव सरकारमा गएमा) उपप्रधानमन्त्रीसहित २ मन्त्रालय बांडफाँट गर्ने सहमति भएको र यदि नेकपा एस सरकारमा सामेल भएमा बाँकी मन्त्रालय उसैलाई दिइने भएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले पनि आफ्ना दुई मन्त्रीको नाम टुंग्याएको बुझिएको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयमा पठाउने र गृहमा भने उपप्रधानसहित रास्वपा सभापति रवि लामिछाने आउने भएको छ । यस्तै माओवादीले अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाउने भएको छ। यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन्। संविधान अनुसार संघीय मन्त्रीमण्डल २५ सदस्यीयभन्दा बढी हुनुहुन्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर