बागमतीका ६ जना कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

१२ सदस्यीय मन्त्रीमण्डल रहेकोमा कांग्रेसका ६ जना मन्त्रीेले आज बुधबारनै राजीनामा दिई माओवादीका मुख्यमन्त्री शालिकरम जमकट्टेलाई दिएको राजनीतिक समर्थन फिर्ता लिने भएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले हेटौँडा पुगेर राजीनामा दिने गरी आउँदै गरेको जानकारी दिए । उनले भने, ‘‘राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत आजै फिर्ता लिने छौ।’’

आर्थिक मामिला तथा योजनामन्त्री तामाङ र प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा विदेशबाटआजै नेपाल फर्केका छन् । प्रदेशको मन्त्री मण्डलमा कांग्रेसबाट तामाङ नेतृत्वमा चित्रकार, लामा, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्का रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर