त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने पाँच बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् । १० जना गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बस चालक लुम्बिनी संस्कृति नगरपालिका–९ का हरिराम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत नभएको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित उद्धारकर्मी खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर