देशभर मुख्यतया मौसम सफा रहने छ

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागलगायत पहाडी भू–भागमा आंशिक बदली रहीेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर