प्रधानमन्त्री प्रचण्डप्रति हाम्रो विश्वास छैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसभन्दा अगाडि प्रतिनिधिसभामा दिइँदै आएको राजनीतिक समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने अन्तिम निर्णय लिुनुका साथै लाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रमुख प्रतिपक्षमा बाध्य भएको छ । गत शनिबार साँझ र राति तथा आइतबार भएको राजनीतिक विकासक्रममा कांग्रेस एकाएक प्रतिपक्षी पार्टी बनेको हो । उक्त अवधिमा माओवादी, एमाले, रास्वपा र जसपा मिलेर नयाँ सत्ता गठबन्धन निर्माण गरेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर