नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ओभरमा ६ विकेटको क्षतिमा एक सय ८९ रन जोड्दै लक्ष्य पूरा गरेको छ ।

घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने नेपालको लक्ष्य फाइनलमा पूरा भएन । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । सेवार्ट इन्जेलब्रेचले ४८, विक्रमजित सिंहले २९, म्याक्स ओडोडले २२ र टिम भान डेरले अविजित २१ रन बनाए । बलिङमा नेपालका कुशल मल्लले चार विकेट लिए । अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल मल्लले २५ र कुशल भुर्तेलले २० र करण केसीले नौ रन बनाएको थियो । बलिङमा नेदरल्यान्ड्सका टिम भा डियर, माइकल लेविट, सेवार्ट इन्जेलब्रेच र फ्रेड कासेनले दुई दुई विकेट लिए ।

नेपालले चार खेलको सिरिजमा दुई हार र दुई जितसहित चार अङ्क जोड्दै फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्ड्स चार खेलबाट पाँच अङ्क जोड्दै शीर्ष टोलीको रूपमा फाइनलमा पुगेको थियो । तीन अङ्क बनाएको नामिबिया बाहिरिएको थियो । नेपालले आइसिसी टी–२० विश्वकपको तयारी स्वरूप घरेलु मैदानमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर