सुदूरपश्चिममा पनि माओवादीका तीनजना मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने तीनजना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले आज मंग्लबार आयोजना गरेको पत्रकार सम्मेलनमा तीनजना मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालयको जिम्मेवारी आफैंले लिएको जानकारी दिए । सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीसहितको संयुक्त सरकार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर