कर्णालीमा कांग्रेसका मन्त्रीहरूद्वारा राजीनामासँगै समर्थन फिर्ता

काठमाडौं । कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कर्णाली प्रदेशसभामा कांग्रेसका १४ सांसद रहेका छन् । कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर