आर्सनलले सेफिल्ड युनाइटेडलाई ६ गोलले हरायो

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हराएको छ । गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको आर्सनलले सेफिल्ड युनाइटेडलाई फराकिलो गोल अन्तरले हराएको हो ।

आर्सनलका लागि खेलको ५ औँ मिनेटमै मार्टीन ओडीगार्डले गोल गरेर अग्रता बनाएका थिए । त्यसपछि खेलको १३ औँ मिनेटमा जेडेन बोग्लेले आत्मघाती गोल गरे । त्यस्तै १५ औँ मिनेटमा गाव्रील मार्टीनेलीले, २५ औँ मिनेटमा कइ हार्भजले, ३९ औँ मिनेटमा डेक्लन राइसले एक/एक गोल थपे । खेलको ५८ औँ मिनेटमा बेन ह्वाइटले गोल थपे । जितसँगै आर्सनल २७ खेलमा ६१ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।  २७ खेलमा ६३ अङ्क रहेको लिभरपुल शीर्ष र म्यानचेस्टर सिटी ६२ अङ्कसहित दोस्रो स्थानमा छ । समान २७ खेलमा १३ अङ्क रहेको सेफिल्ड पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर