चलचित्र “जारी” ले दुई सातामा १२ करोड कमाउन सफल

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत चलचित्र ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा भएको फिल्म तेस्रो साता पनि उच्च शोका साथ प्रदर्शन भइरहेको छ । फिल्मले पहिलो र दोस्रो साता गरी करिब १२ करोड व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ ।

दर्शक तथा समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्म देश तथा विदेशमासमेत प्रदर्शन भइरहेको छ । फिल्म केही दिनअघि बेलायतमा पनि भव्य रेडकार्पेट प्रिमियर गरिएको थियो । फिल्मको प्रिमियर शोमा सहभागी हुन अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा बेलायत पुगेका थिए ।

फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर