नेकपा एसलाई पनि नयाँ गठबन्धनमा स्थान दिइने

काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख चार दल अन्य राजनीतिक दललाई पनि सरकारमा सामेल गर्न राजी भएका छन्। नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धनमा समेटने निर्णय गरेपछि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल गठबन्धनप्रति सकारात्मक अन्य दललाई नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा बनेको नयाँ गठबन्धनमा सो सहमति बनेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

यसैबीच ‘नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका आफ्ना दलका मन्त्रीहरुलाई बिदा हुन निर्देशन दिएको छ । सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भने, ‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नुभयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।’

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाईँ भौतिकमै राज्यमन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर