नेपाली कांग्रेस अब प्रतिपक्षीमै रमाउने : लेखक

काठमाडौं अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गठबन्धन भंग भएको जानकारी गराएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा सोमबार बिहान भेला भएका पदाधिकारीहरूलाई देउवाले भने, “कांग्रेसले नचाहेपनि प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेको छ ।” बैठकमा सहभागी भएका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले आफ्नै सुरमा सत्ता गठबन्धन परिवर्तन गरेको र यस विषयमा आफ्नो दलसँग कुनैपनि छलफल नगरेको बताए । उनले आफ्नो दल अब प्रतिपक्षीमै रमाउने बताए । बैठकपछि प्रमुख सचेतक लेखकले भने, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो । अब हामी प्रतिपक्षमा रमाउछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर