हनुमन्ते खोलामा स्कुटरसहित थापा मृत फेला परे
भक्तपुर । भक्तपुरको राधेराधे स्थित हनुमन्ते खोलामा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।
आज बिहान ६ बजे मध्यपुरथिमि नगरपालिका -९ हनुमन्ते खोलमा इलामको इलाम नगरपालिका -३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका हुन् ।
खोलामा थापासहित बा ८६ प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकरी दिएको छ । थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया